logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ‘म्याराडोनाको शव अहिले नगाड’ अर्जेन्टिना अदालतको आदेश

    ‘म्याराडोनाको शव अहिले नगाड’ अर्जेन्टिना अदालतको आदेश

    2.9K
    Shares

    काठमाडौं,  । अजेन्टिनाको एक अदालतले चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको शव गाड्न रोक लगाएको छ ।

    बीबीसीका अनुसार पितृत्व मामिलामा अनुसन्धान गर्न उनको डीएनए परीक्षण गर्न आवश्यक हुन सक्ने भन्दै अदालतले शव सुरक्षित राख्न भनेको हो । गत महिना हृदयाघातका कारण ६० वर्षीय म्याराडोनाको निधन भएको थियो ।

    २५ वर्षीया मगाली गिल नामकी युवतीले म्याराडोना आफ्ना पिता भएको दाबी गर्दै मुद्दा हालेकी छन् । यसै कारण अदालतले म्याराडोनाको डीएनए परीक्षण गर्न चाहेको हो । विवाहपछि म्याराडोनाका दुई छोरी भएका छन्, तर सम्बन्ध विच्छेदपछि उनले आफू अरू ६ बच्चाको बाबु भएको स्वीकार गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend