logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • काभा पुरुष भलिबल क्लव च्याम्पियनसिपमा पाँच टोली

    काभा पुरुष भलिबल क्लव च्याम्पियनसिपमा पाँच टोली

    392
    Shares
    काभा पुरुष भलिबल क्लव च्याम्पियनसिपमा पाँच टोली

    काठमाडौं । नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लव च्याम्पियनसिपमा कुल चार राष्ट्रका पाँच टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

    नेपाल भलिबल संघको आयोजना र सेन्ट्रल एशियन भलिबल संघ (काभा) को संयोजनमा आगामी मंसिर २२ देखि २९ गतेसम्म नेपालमा क्लव च्याम्पियनसिप हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको दुई क्लवसहित इरानको चादौर मालो क्लव, भारतको कालिकट हिरोज र माल्दिभ्सको एचडिसी क्लवले चुनौती प्रस्तुत गर्ने भएका हुन् ।

    नेपालका भने लिग च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लव र गण्डकी प्रदेशले क्लव च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्दैछन् । नेपाल भलिबल संघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

    भलिबल संघले काभा महिला नेसन्स लिग आयोजना गरेपछि यस वर्ष दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो । काभा पुरुष क्लव भलिबल पहिलोपल्ट शुरु हुँदा नेपालमा आयोजना हुँदैछ । काभा महिला क्लव भलिबल माल्दिभ्समा भएको थियो ।

    जहाँ नेपालको टोली नेपाल पुलिस क्लव अपराजित रहँदै च्याम्पियन बनेको थियो । पछिल्ला समयमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सफलतासँगै भलिबल संघले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।

    भलिबल संघले क्लव च्याम्पियनसिप गर्न करिब एक करोड खर्च लाग्ने अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख अनुदान प्रदान गर्ने बाँकी विभिन्न संघसंस्थाहरूबाट प्रायोजन लिने संघले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend