logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • फेब्रुअरीदेखि कोरोनाविरुद्धको खोप दिने।

    फेब्रुअरीदेखि कोरोनाविरुद्धको खोप दिने।

    2.4K
    Shares

    बोगोटा । दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ ।

    खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले  जानकारी दिए । स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उनले परीक्षणको रुपमा खोप दिने कार्य भने यही हप्तादेखि जनवरीको पहिलो हप्तासम्ममा सुरु हुन सक्ने पनि बताए ।

    सरकारले आफ्ना नागरिकका लागि सबैभन्दा राम्रो गुणस्तरको खोप ल्याउने बताए  । कोलम्बियामा अहिलेसम्म १५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

    उनले भने, ‘आफ्ना जनतालाई जोगाउन खोप लगाउनु हाम्रो अनिवार्य जिम्मेवारी हो, हामीले त्यसका लागि गृहकार्य गरिरहेका छौँ, आगामी फेब्रुअरीदेखि आमरुपमा खोप लगाउने कार्यक्रम सुरु हुनेछ ।’

    उनले खोप ल्याउने र आम रुपमा लगाउने कार्यका लागि आफूले काम गरिरहेको पनि जानकारी दिएका छन् । त्यसका लागि भइरहेका सबै प्रक्रिया अत्यन्त महत्वपूर्ण भएको र सन्तोषजनक तरिकाले अगाडि बढीरहेको पनि उनले बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend