बारा । कीर्ते हस्ताक्षर आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढ नगरपालिकाका मेयरसहित चार जनालाई पक्राउ गरेको छ ।
चालु आर्थिक वर्षको नगर परिषदमा उपमेयर रिमा देबी कुशवाहासहित कार्यपालिका सदस्यहरूले अधिकाशं हस्ताक्षर कीर्ते रहेको भन्दै उजुरी दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । चार जनामध्ये मेयर विजय शंकर यादवलाई भने तारेखमा छाडिएको छ ।
मेयर यादवलाई सोधपुछ पछि जुनसुकै बेला उपस्थित हुने शर्तमा छाडिएको र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाल, लेखा अधिकृत सर्वेन्द्र चौधरी, र योजना अधिकृत जितेन्द्र यादवलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्याालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।
प्रहरीले नियन्त्रणमा लिएका चारै जनाको हस्ताक्षर जाँचका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । किर्ते गरेको प्रमाणित भए उनीहरूलाई सात वर्ष कैद र ७० हजार जरीवना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।