महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका–९ स्थित राजेशचन्द्र यादवको घरमा मंगलबार आगलागी हुँदा मोटरसाइकलसहित लाखौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मंगलबार अपराह्न राजेशको घरमा चुलोबाट आगो सल्किएर आगलगी हुँदा घरमा रहेको अन्नपात, भाँडाकुडा, लत्ताकपडा र ज ११ प ५६२८ नम्बरको मोटरसाइकललगायत वस्तु जलेर नष्ट भएको छ ।
पीडित परिवारका अनुसार घरसहित घरभित्र रहेका अन्नपाती, भाँडाकुडा, लत्ताकपडा र ज ११ प ५६२८ नम्बरको मोटरसाइकल, केही नगद र केही गरगहनासमेत गरी सबै थोक पूर्णरुपमा जलेर नष्ट हुँदा रु पाँच लाख बढीको क्षति भएको छ । उक्त आगलागी प्रहरीचौकी सीतापुरबाट खटिएका प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । रासस