इस्लामाबाद । पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको एकै खेलमा नेपाली महिला फुटबलरले गोलको वर्षा गरेका छन् । चार जना नेपाली महिला फुटबलर आबद्ध भएको क्लब मासाले कराँची महिला फुटबल क्लबलाई ३५–० गोलले पराजित गरेको हो।
मंगलबार भएको खेलमा मासाको जितमा नेपाली फरवार्ड अनिता केसी एक्लैले १६ गोल र मिडफिल्डर सरु लिम्बुले १० गोल गरेकी हुन् ।
। सरुले यसअघि सियालकोट सिटी महिला फुटबल क्लबविरुद्ध पनि १० गोल गरेकी थिइन्।
डिफेन्डर गीता रानाले २ गोल गर्दा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पनि २ गोल गर्न सफल भइन् । एन्जिला मासाको कप्तानको भूमीकामा छन्।
प्रतियोगितामा २० टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।