काठमाडौं । थ्री नेसन्स कपको पहिलो खेलमा मंगलबार भएकाे पहिलाे खेलमा बंगलादेशले विजयी सुरुवात गरेकाे छ । दशरथ रंगशालामा मंगलबार साँझ भएकाे खेलमा किर्गिस्तान १-० ले पराजित भयाे ।
खेलको २९औं मिनेटमा किर्गिज डिफेन्डर कुमारबाज युलु बैमानले गरेको आत्मघाति गोलसँगै बंगलादेशले अग्रता लिएको थियो ।
पहिलो हाफमा लिएको १-० को अग्रताको बचाउ गर्दै बंगलादेशले कठिन जित सुनिश्चित गर्यो । किर्गिस्तानका खेलाडीले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरेका थिए ।
जितसँगै बंगलादेशले महत्वपूर्ण ३ अंक जोडेको छ ।
प्रतियोगितामा विहिबार नेपालले किर्गिस्तानसँग खेल्नेछ । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।