काठमाडौं। त्रिदेशीय फुटबलमा बिहीबार नेपालले किर्गिस्तानसँग प्रतिष्पर्धा गर्दै छ। खेल बेलुका साढे ५ बजेपछि दशरथ रंगशालमा हुनेछ ।
त्रिदेशीय फुटबलमा नेपालको यो पहिलो खेल हो।
नेपाली टिम किरण चेम्जोङको कप्तानीमा रहनेछ। टोलीमा किरण चेम्जोङसँगै विकेश कुथु, दीपक कार्की, विराज महर्जन, रन्जित धिमाल, रोहित चन्द, निशान लिम्बू, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल वल, रविशङ्कर पासवान, दर्शन गुरुङ, अञ्जन विष्ट, अविशेक रिजाल र भरत खवास रहेका छन्।
दोस्रो खेल नेपालले शनिबार बंगलादेशसँग खेल्ने छ । बंगलादेशले पहिलो खेलमा मंगलबार किर्गिस्तानलार्य १–० ले पराजित गरेको थियो ।