काठमाडौं । किर्गीस्तान, बंगलादेश र नेपालबीच भएको त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधी नेपालले जितेको छ । सोमबार बेलुका दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशलाई २–० ले पराजित गर्दै नेपालले उपाधी उचालेको हो ।
खेलको सुरुवात देखि नै आक्रामक रुपमा प्रस्तुत भएको नेपालले १८ औं मिनेटमा सन्जोग राईको गोलले अग्रता लिएको थियो । त्यस लगत्तै ४२ औं मिनेटमा विशाल राईले गोल गरेपछि पहिलो हाफमै नेपालले अग्रता दोब्बर पारेको थियो ।
तर, खेलको ८२ औं मिनेटमा बंगलादेशका गोल गरेका थिए । त्यसपछाडि दुबै तर्फबाट गोल हुन सकेन । गोल गर्ने अवसरको प्रशस्तै सिर्जना गरेको भएपनि नेपाल फिनिसिङमा भने धेरै पटक चुकेको थियो ।
दोस्रो हाफको केही समय बंगलादेशले नेपाललाई प्रेसरमा राख्न खोजेको भएपनि खेल आफ्नो पोल्टामा पार्न भने सकेन ।
चैत १० देखि सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
लामो समय नेपालको कप्तानी सम्हालेका विराज महर्जनले राष्ट्रिय खेलबाट सन्यास लिएका थिए । उनले नेपालका लागि ७३ वटा खेलमा कप्तानको भूमीका निर्वाह गरेका थिए ।