logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आइपीएल क्रिकेट : पहिलो खेलमा बैंग्लोरले मुम्बईलाई हरायो

    आइपीएल क्रिकेट : पहिलो खेलमा बैंग्लोरले मुम्बईलाई हरायो

    2K
    Shares

    काठमाडौं।  इन्डियन प्रिमियर लिग (आइपीएल)-१४ औं संस्करणको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई रोयल च्यालेञ्जजर्स बैंग्लोरले पराजित गरेको छ।  

    गएराति भएको खेलमा मुम्बईलाई बैंग्लोरले २ विकेटले पराजित गरेको हो। 

    टस जितेर पहिलो इनिङमा बलिङ गरेको बैंग्लोरले मुम्बईबाट १६० रन जोड्ने लक्ष्य पाएको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै बैंग्लोरले सो लक्ष्य भेटेको हो।

    चेन्नईमा भएको खेलमा बैंग्लोरका एबी डी भिल्लियर्सले २७ बलमा ४८, ग्लेन म्याक्सवेलले २८ बलमा ३९ तथा कप्तान विराट कोहलीले २९ बलमा ३३ रन बनाए । मुम्बईका जसप्रित बुमराह र मार्को जेनसनले समान दुई–दुई विकेट लिए ।

    पहिले ब्याटिङ्ग गरेको मुम्बईले ९ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । उसका लागि क्रिस लिनले ४९, सूर्यकुमार यादवले ३१, इशान किशनले २८ तथा कप्तान रोहित शर्माले १९ रन बनाए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend