काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ। रियलको घरेलु मैदानमा सम्पन्न खेलमा रियलले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो।
रियलको जितमा करिम बेन्जामा र टोनी क्रुसले एक एक गोल गरेका थिए। बेन्जामाले खेलको १३औ मिनेटमा गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका थिए हने क्रुजले खेलको २८औ मिनेटमा दोस्रो गोल गरेका थिए।
बार्सिलोनाका लागि खेलको ६०औं मिनेटमा ओस्कार मिंगुएजाले एक गोल फर्काए।
जितसंगै रियल लिगको शिर्ष स्थानमा उक्लिएको छ भने बार्सिलोना तेस्रो स्थानमा छ। दोस्रो स्थानमा एथ्लेटिको मड्रिड रहेको छ।