काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ। टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले हैदराबादलाई १० रनले हराएको हो ।
चेन्नईमा गएराति भएको खेलमा कोलकाताले ६ विकेट गुमाउँदै एक सय ८७ रन बनाउन सक्यो । जसका लागि नितिश रानाले ८० रनको योगदान दिए । एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो ।
हैदराबादका मनिष पाण्डेले ६१ र जोनी ब्रेस्टोले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
जितसँगै कोलकत्ता २ अंकसहित लिगको दोस्रो स्थानमा छ । आइपीएलमा आज राजस्थान र पञ्जाब खेल्नेछन् ।