logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आइपीएल: पञ्जाब किङ्ग्ससँग राजस्थान रोयल्स चार रनले पराजित

    आइपीएल: पञ्जाब किङ्ग्ससँग राजस्थान रोयल्स चार रनले पराजित

    1.6K
    Shares

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १४औँ संस्करण अन्तर्गत सोमबार राति भएको खेलमा पञ्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई चार रनले पराजित गरेको छ । 

    पञ्जाबले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन बनाउनु पर्ने भएपनि राजस्थानले ८ रन मात्रै बनाउन सफल भएको हो । 

    यद्यपी, आइपीएल क्रिकेटमा राजस्थान रोयल्सका सन्जु सामसनले यस वर्षको पहिलो शतक बनाएका छन् । उनले १ सय १९ रन बनाए पनि जित दिलाउन भने सकेनन् । 

    मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।

    पञ्जाबका कप्तान केएल राहुलले सर्वाधिक ९१ रनको योगदान गरे । त्यस्तै दिपक होडाले ६४ तथा क्रिस गेलले ४० रन बनाए । राजस्थानका चेतन सकारियाले ३ विकेट लिए। यस्तै क्रिस मोरिसले २ तथा रियान परागले एक विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend