काठमाडौं। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १४ औँ संंस्करणको चौथो खेलमा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ। गएराति भएको खेलमा प्ञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो।
रोयल्सका कप्तान सन्जु सामसनले यस वर्षको पहिलो शतक बनाएका छन्। शतक बनाए पनि उनको टिम पराजित हुन पुग्यो।
पञ्जाबले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन मात्रै बनाउन सक्यो।
राजस्थानका लागि कप्तान संजु सामसनले ११९ रनको शतकीय पारी खेले।
त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो। आइपीएलमा आज राति मुम्बई र कोलकत्ता खेल्दैछन्।