logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • इन्डियन प्रिमियर लिग : हैदरावादको लगातार तेस्रो हार

    इन्डियन प्रिमियर लिग : हैदरावादको लगातार तेस्रो हार

    2.3K
    Shares

    काठमाडौं।  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लगातार तेस्रो हार ब्यहोरेको छ। शनिबार राति भएको खेलमा हैदरावादले मुम्बई इन्डियन्ससंग पराजित भएको हो।  

    चेन्नईमा भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो ।

    मुम्बईले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर चार बलमा मात्रै १३७ रन बनाउन सक्यो । उसका लागि कप्तान डेविड वार्नरले ३४ बलमा ३६ रन तथा जोनी बेर्रिस्टोले २२ बलमा ४३ रन बनाए ।

    यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले पाँच विकेटको क्षतिमा १५० रन बनाएको थियो। उसका लागि क्वीन्टन डी ककले ३९ बलमा ४०, कप्तान रोहित शर्माले २५ बलमा ३२ तथा किरोन पोलार्डले २२ बलमा नटआउट ३५ रन बनाए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend