logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • टी–२० क्रिकेटमा नेपालको नयाँ रेकर्ड, २ सय ३९ रनको लक्ष्य

    टी–२० क्रिकेटमा नेपालको नयाँ रेकर्ड, २ सय ३९ रनको लक्ष्य

    3K
    Shares

    काठमाडाैं । कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङका कारण त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दुई सय ३९ रनको लक्ष्य दिएको छ । नेपालले टी २० अन्तराष्ट्रियमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो ।

    पहिलो पटक सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।

    कीर्तिपुर स्थित टियू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा तीन विकेट गुमाए। दुई सय ३८ रन बनायो । मध्यम सुरुवात गरेको नेपालले ३० रन हुँदा पहिलो विकेट गुमाएकाे थियाे ।

    ओपनर आशिफ शेख १६ रनमा आउट भएपछि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्लले कुशल भुर्तेलसँग ५७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थिति पुर्‍याए । 

    त्यसपछि कुशल जोडीले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । जसमा कुशल भुर्तेलले ७७ रन बनाए । त्यसपछि दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले ७५ रनको योगदान गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend