logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गैर आवासीय नेपाली संघ जापान कान्तोकाे अध्यक्षमा बागलुङका दिपेश केसी 

    गैर आवासीय नेपाली संघ जापान कान्तोकाे अध्यक्षमा बागलुङका दिपेश केसी 

    4K
    Shares

    काठमाडाैं । गैर आवासीय नेपाली संघ जापान कान्तोको क्षेत्रीय अधिवेशनबाट बागलुङ गलकोटका दिपेश केसी २०२१-२०२३ का लागि अध्यक्ष पदमा सर्वसहमतिमा निर्वाचित भएका छन् ।

    आइतबार टोकियोमा सम्पन्न क्षेत्रको सातौँ अधिवेशनबाट उप-संयोजक शैलेन्द्र खड्का र सुरेश केसी निर्वाचित भएको निर्वाचन समिति संयोजक विजय थकालीले जानकारी दिए ।

    उक्त अधिवेशनबाट सचिवमा सागर कार्की सह-सचिवमा दीपक सुवेदी विप्लव र महेन्द्र राउत निर्वाचित भएका छन् भने कोषाध्यक्षमा विनोद राई, सह कोषाध्यक्षमा पुरन्जन नेपाल निर्वाचित भएका छन् ।

    त्यसैगरी सदस्यहरूमा वसन्त खत्री, सूरज केसी, सुबिना सुब्बा, अशोक भट्टराई र सोहनकुमार खत्री सूनदीप लम्साल निर्वाचित भएका छन् ।

    सो अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले संस्थालाई सबैको अभिभावकीय संस्थाको रूपमा बुझ्न र संस्थाले पनि सोही अनुसार कार्य गर्नका लागि आग्रह गरेका थिए ।

    कार्यक्रममा गैर-आवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले सामाजिक भावलाई आत्मामा राखेर नेपाल र नेपालीको हित अनुकूल हुने गरि सबैले कार्य गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । सोही कार्यक्रममा संघका जापान अध्यक्ष देवीलाल भण्डारीले आफूलाई लागेको आरोपको प्रष्टिकारण दिने प्रयास पनि गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend