काठमाडाैं । फिफा विश्वकप तथा एशिया कप छनोट अन्तर्गत बिहीबार नेपालले चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने यो खेल राति पौने १० बजेदेखि शुरु हुने छ ।
नेपालले अहिलेसम्म छानोट अन्तर्गत ५ खेल खेल्दा चार खेलमा पराजय र एक खेलमा मात्रै जित हात पारेको छ । नेपालले समूह चरणको पहिलो खेलमा चाइनिज ताइपेईविरुद्ध उसकै मैदानमा २–० गोल अन्तरको जित दर्ता गरेको थियो ।
कुवेतको जाबेर अल अहमेद स्टेडियममा हुने खेलका लागि दुबै टिमले तयारी पूरा गरेका छन् । यो प्रतियोगिताका लागि कुवेत पुग्नेमा नेपाल पहिलो टिम बनेको थियो । कुवेत जानु अगाडि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले ६–२ गोल अन्तरको हार ब्यहोरकेो थियो ।
हाल फिफा बरियतामा चाइनिज ताइपेइ एक सय ४१ औं स्थानमा रहेको छ भने नेपाल एक सय ७१ औं स्थानमा छ ।