logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • खाडी मुलुकबाट मात्रै  ५० बढी शवसहित १० औँ हजार नेपाली स्वदेश फर्किने प्रतीक्षामा

    खाडी मुलुकबाट मात्रै  ५० बढी शवसहित १० औँ हजार नेपाली स्वदेश फर्किने प्रतीक्षामा

    3.3K
    Shares

    काठमाडौं । प्रवासी नेपाली श्रमिकहरुको स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्दै आएको नेपाली मजदूर एकता समाज केन्द्रीय समितिले वैदेशिक रोजगारीमा विभिन्न कारण समस्यामा परेका अथवा कोरोना भाइरसको कारण अलपत्र श्रमिक हरुको उद्दार गर्न नेपाल सरकारद्वारा बनाइएको संयन्त्र द्रूत प्रतिकार्य समूह तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । समाजका प्रवक्ता बिजय भुसालले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा यूएईमा दैनिक एउटा वाइडबडी फ्लाइट हुनुपर्ने तेस्तै मलेसिया र साउदीमा हप्ताको एउटा वाइडबडि फ्लाईट हुने व्यवस्था मिलाउन समेत माग गरिएको छ ।

    नेपाललगायत विभिन्न मुलुकहरुमा कोरोना भाइरस कोभिड-१९ को कारण अवरुद्ध हुन पुगेको नियमित अन्तर्राष्ट्रिय उडानहरुको कारण वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया , साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स युएई , कतार, बहराइन,ओमनलगायतका देशहरुमा भिसा अवधि सकिएका नेपाली श्रमिकहरु र उक्त देशहरुमा कार्यरत रहँदा विभिन्न कारण मृत्यु हुन पुगेका नेपाली श्रमिकको शव अलपत्र पर्न थालेको गुनासो र जानकारी निरन्तर आएपछि समाजका प्रबक्ता विजय भुसालले एक विज्ञप्ति जारी गर्दै युएईको हकमा कम्तीमा प्रत्येक दिन एउटा वाइडबडी फ्लाईट तेस्तै मलेशिया र साउदीमा हप्तामा एउटा वाइडबडी र अन्य देशमा पनि आवश्यकता अनुसार फ्लाईट गर्ने व्यवस्था मिलाएर प्रतीक्षारत श्रमिक र मृतकका शव लाई अविलम्ब नेपाल फर्काउन संयन्त्र र नेपाल सरकारले तत्कालै आवश्यक प्रक्रिया अगाडि बढाउने अनुराेध गरेकाे छ।

    विगतको वर्षमा झै यो वर्ष कुनै पनि देशमा श्रमिकहरु अलपत्र र भोकभोकै दयनीय अवस्थामा स्वदेश फर्किने दिन गन्दै बस्नुपर्ने अवस्थाको सिर्जना हुन नदिन अहिले नै नेपाल सरकारले आवश्यक प्रक्रिया अगाडि बढाउन समेत हाम्रो संस्था नेपाली मजदुर एकता समाज नेपाल सरकारद्वारा बनाएको संयन्त्र तथा नेपाल सरकार समक्ष माग गरेकाे छ ।

    मजदूर समाजका महासचिव समर्पण भट्टराईको सक्रियतामा संकलन गरिएको  पछिल्लो जानकारी अनुसार प्रत्यक्ष श्रमिक र दूतावास श्रोत मार्फत प्राप्त पछिल्लो जानकारी अनुसार युएईमा २ वटा शव सहित ४ देखि ५ हजारको संख्यामा नेपालीहरु स्वदेश फर्कन पाएका छैनन । त्यसैगरि मलेसियामा पनि ३० वटा भन्दा बढि शवसहित हजारौं नेपाली स्वदेश फर्किन पाएका छैनन भने साउदी अरेबियामा पनि १० वटा भन्दा बढीशव सहित हजारौंको संख्यामा नेपालीहरु प्रतीक्षारत रहेका छन् । तेस्तै कतारमा ५, कुवेतमा ३,बहराइनमा १ शवसहित सयौं नेपाली श्रमिक स्वदेश फर्किने प्रतीक्षामा छन् । ओमनबाट पनि सयौं नेपाली स्वदेश फर्किन चाहेका छन् । यश बारेमा समयमै नेपाल सरकार गम्भीर भएर कदम नचाले विगतको वर्ष जस्तै हजारौं हजार नेपाली विदेशमा अलपत्र पर्ने हुँदा नेपाल सरकारको ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष तेजबहादुर कार्कीले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend