logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दोस्रो हाफमा १० जनामा सीमित नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

    दोस्रो हाफमा १० जनामा सीमित नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

    3.1K
    Shares

    काठमाडौं । विश्वकप-२०२२ को एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपाल शुक्रबार अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । सेन्ट्रल भेन्यू कुवेतमा भएको खेलको दोस्रो हाफमा नेपालले १० जनामा सीमित भएर खेलेको थियो ।

    कुवेतको जाबेर अल(अहमद रंगशालामा छैठौं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो । अस्ट्रेलियाका म्याथ्यु लेकीले गोल गर्दै नेपालविरुद्ध अग्रता दिलाएका थिए ।

    मार्टिन बोएलले ५७ औ मिनेटमा तेस्रो गोल थपे । पहिलो हाफको अन्त्यमा नेपालले रोहित चन्दलाई गुमाएको हो । बोएलमाथिको फलका कारण रोहितलाई रेफ्री अहमद अबुले रातो कोर्ड देखाएका थिए ।

    आफूभन्दा १३० स्थान माथि रहेको टोली अस्ट्रेलियाविरुद्ध नेपालले १० जनामा सीमित भएर पनि पछिल्लो ४५ मिनेट राम्रो डिफेन्सिभ खेल प्रस्तुत गर्‍यो ।

    अस्ट्रेलियाले गरेको लगातार प्रहारमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले धेरै गोल बचाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend