काठमाडौं । नेपालले एसियाकप छनोटको तेस्रो चरणमा खेल्ने भएको छ ।
फिफा विश्वकप तथा एसियन कप छनोटको समूह बीमा चौथो स्थानमा रहेको नेपालले एसियाकप छनोटको तेस्रो चरणमा खेल्ने भएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले छनोट प्रक्रियाको ढाँचा परिवर्तन गरेपछि नेपाली फुटबल टोलीले मौका पाएको हो ।
अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । समूह ’बी’ मा रहेको नेपाल ६ अंक जोडेर चौथो स्थानमा थियो ।
यसअघि चौंथो स्थानमा रहेका सबै टिमले प्ले अफ खेल्नुपर्ने नियम भएपनि एएफसीले बनाएको नयाँ नियमका कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिम सहभागी छन् ।
अब छनोटको पाँचौं स्थानमा रहेका टिमले प्ले अफ खेल्ने छन् । नेपालको समूहबाट अस्ट्रेलिया र ओमान भने फाइनल राउण्डका लागि छनोट भएका छन् ।