logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • युरोकप २०२०: नकआउट चरणमा पुग्ने पहिलो टिम बन्यो इटली, टर्कीमाथि वेल्सको शानदार जित

    युरोकप २०२०: नकआउट चरणमा पुग्ने पहिलो टिम बन्यो इटली, टर्कीमाथि वेल्सको शानदार जित

    1.5K
    Shares

    एजेन्सी । युरोकप २०२० अन्तर्गत बुधबार राति सम्पन्न खेलमा इटालीले लगातार दोस्रो जित निकालेको छ। दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई ३–० ले पराजित गरेपछि इटली युरो २०२० मा नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ । अघिल्लो खेलमा टर्कीलाई ३–० ले नै हराएको इटलीले गएराति स्वीस् टोलीमाथि घरेलु मैदान रोमामा सहज जित निकाल्यो ।

    इटालीको जितका लागि म्यानुयल लोकाटेलीले दुई गोल गरे भने सिरो इमोविलेले एक गोल गरे। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा लोकाटेलीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।

    यससँगै पहिलो हाफमा इटाली एक गोलले अघि रह्यो। खेलको ५२औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गरे भने निर्धारित समयमा एक मिनेट बाँकी रहँदा इटालीले अन्तिम गोल गर्‍यो।

    turkey vs wells.jpg

    बुधबार रातिकै समूह ए अन्तर्गत बाकु ओलम्पिक रंगशालामा सम्पन्न खेलमा वेल्सले टर्कीलाई २–० गोलअन्तरले हराउँदै तीन अंक बटुलेको छ ।

    वेल्सको जितका लागि आरोन रामसी र कनर रोबेट्सले गोल गरेका थिए। रामसीले खेलको ४२औं मिनेटमा पहिलो गोल दिलाएका थिए ।

    प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा रोबर्ट्सले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै टर्कीको जित सुनिश्चित गरे । खेलको ६१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने अवसर गुमाएका कप्तान बेलले नै दुवै गोलका लागि मौका सिर्जना गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend