एजेन्सी । इंग्ल्यान्डले शुक्रबार युरो(२०२० को अन्तिम १६ मा प्रवेश गर्ने अवसर गुमाएको छ । वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो ।
यो खेल जितेको भए इंग्ल्यान्ड समूह ‘डी’ बाट नकआउट चरण पुग्ने निश्चित हुने थियो । तर स्कटल्यान्डले तेर्साएको कडा रक्षात्मक रणनीति अगाडि इंग्ल्यान्डले पर्याप्त आक्रमण गर्न सकेन । अब इंग्ल्यान्डले चेक गणतन्त्रविरुद्ध समूह चरणको अन्तिम खेलमा जित निकाल्ने हो भने पनि अर्को चरणका लागि छनोट हुनेछ ।
इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो । पुछारमा रहेको स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले स्तब्ध भएको थियो ।