काठमाडाैं । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिएको अभिव्यक्ति अहिले चर्चामा छ । प्रधानमन्त्री ओलीकाे उक्त अभिव्यक्ति नेपालमा मात्र हाेइन भारतमा पनि उत्तिकै चर्चा पाएको छ ।
ओलीले योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै योगको उत्पत्ति नेपालमा भएको बताएका थिए । प्रधानमन्त्री ओलीको बोलीलाई बीबीसी हिन्दीले ट्विटरमा राखेको छ ।
नेपाली पीएम केपी ओली ने कहा है कि एक राष्ट्र के तौर पर भारत के अस्तित्व से कहीं पहले योग नेपाल में प्रचलित था. योग की उत्पत्ति भारत में नहीं हुई. योग की उत्पत्ति नेपाल में हुई थी लेकिन हमने योग की खोज करने वाले अपने संतों को कभी श्रेय नहीं दिया. pic.twitter.com/MSFSnw5Q3Q
— BBC News Hindi (@BBCHindi) June 22, 2021
ट्विटरमा बीबीसी हिन्दीले लेखेको छ, ‘नेपालका प्रधानमन्त्री केपी ओलीले भनेका छन् कि एक राष्ट्रको रूपमा भारत अस्तित्वमा आउनुभन्दा कैयौं अगाडि योग नेपालमा प्रचलनमा थियो । योगको उत्पत्ति भारतमा भएको होइन । योगको उत्पत्ती नेपालमा भएको थियो । तर हामीले योगको खोज गर्ने हाम्रा सन्तलाई कहिल्यै श्रेय दिएनौँ ।’
यस्तै भारतीय सञ्चारमाध्यम एनडीटीभी, हिन्दुस्तान टाइम्स र टाइम्स अफ इण्डियाले पनि ओलीकाे उक्त अभिव्यक्तिबारे समाचार प्रकाशन गरेका छन् । उनीहरुले नेपालका प्रधानमन्त्रीकाे नयाँ दाबी भनि उक्त समाचार प्रकाशित गरेका छन् ।
गएकाे वर्ष ओलीले हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गरेका थिए । उनले राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीको देशभित्र र बाहिर चर्को आलोचना भएको थियाे ।