logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • ‘सर्वोच्चको फैसला सेटिङमा !’ प्रचण्डकाे भविष्यवाणी मिलेकाे महेश बस्नेतकाे दाबी

    ‘सर्वोच्चको फैसला सेटिङमा !’ प्रचण्डकाे भविष्यवाणी मिलेकाे महेश बस्नेतकाे दाबी

    1.9K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत अदालतकाे फैसला सेटिङमै हुने आशंका पनि व्यक्त गरेका छन् । 

    बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने अनुसार फैसला आएको पनि बताएका छन् । 

    सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘हिजो माओबादी अध्यक्ष प्रचण्डले धादिङमा आफूले प्रप्त गरेको विशेष सूचना भनेर जे बोल्नु भएको थियो आज प्रतिनिधिसभा विघटन पछि मन्त्रिपरिषद विस्तार भएको भन्दै दायर भएको रिटमाथि प्रधान न्यायधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो ।

    यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने । अदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गर्दछन्। कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन् । कि प्रचण्डको भबिष्यवाणी काग कराउनु कुखुरा हराउनु भएको हो । जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन । राजनीति बिग्रदा अराजकता फैलन्छ र न्यायालय बिग्रँदा जनतामा निरासा प्रकट हुने गर्दछ त्यसैले सम्बन्धित सबै गम्भिर हुन आवश्यक छ । 

    जे होस् अन्तरिम अदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले गरेको संसद बिघटन गरेर गरेको निर्वाचनको घोषणालाई भने स्विकार गरेको देखियो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend