काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका १४ जनप्रतिनिधिको पद रिक्त भएको छ । दुई जना मेयर, पाँच जना उपमेयरसहित निर्वाचन आयोगले १४ जनाको पद रिक्त गरेको हो ।
पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन्। ७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो।
आयोगको असार ९ मा बसेको बैठकको निर्णयअनुसार उनीहरूको पद रिक्त भएको हो। आयोगले माओवादीको जानकारीअनुसार आज सूचना निकालेर १४ जनप्रतिनिधिको पद रिक्त भएको बताएको हो ।