logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • माओवादी केन्द्र वैधानिक नभएको टिप्पणीसहित थापाले भने, ‘…किन राजा मन नपरोस् त ?’

    माओवादी केन्द्र वैधानिक नभएको टिप्पणीसहित थापाले भने, ‘…किन राजा मन नपरोस् त ?’

    2.2K
    Shares

    काडमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी केन्द्र नै वैधानिक नभएको टिप्पणी गरेका छन् । पार्टीको महाधिवेशन नगरी चलेकाले प्रचण्ड र माओवादी केन्द्र वैधानिक नभएको उनकाे आराेप छ । 

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन्,’पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष प्रचण्ड र माके पार्टी नै वैधानिक छैनन्। निर्वाचन आयाेग,प्रचण्ड र माके (माओवादी केन्द्र) काे अविलम्ब ध्यानाकर्षण हुनुपर्छ। २०७५ जेठ ३ यताकाे ३ वर्ष शून्य अवधि र थप समय पाउँदा पनि छ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन् । अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपराेस् त ?’

    उनले र्पार्टी वैधानिक हुन अनिवार्यत: कानून परिपालना गरेकाे हुनैपर्ने बताउँदै गैरकानुनी रूपमा चल्दै अरूलाई प्रश्न उठाउन नमिल्ने बताएका छन् ।

    उनले भनेका छन्,’कानुनीराजकाे बर्खिलापका कार्य दण्डनीय छन् । प्रभु साहजीले उठाएको प्रश्न अत्यन्त जायज छ । वैधानिक हैसियतबिना प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कार्यहरू नै अवैध छन् ।’

    पार्टी वैधानिक हुन अनिवार्यत: कानून परिपालना गरेकाे हुनैपर्छ।तर गैरकानुनी रूपमा चल्दै अरूलाई प्रश्न उठाउन मिल्दैन । कानुनीराजकाे बर्खिलापका कार्य दण्डनीय छन् । प्रभु साहजीले उठाएको प्रश्न अत्यन्त जायज छ । बैधानिक हैसियतबिना प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कार्यहरू नै अवैध छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend