काठमाडाैं । नेपाल कांग्रेसमा सभापतिको आकांक्षी दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा सहमतिमै अघि बढ्ने संकेत गरेका छन् । महाधिवेशन केन्द्रित छलफलमा जुटका तीन नेताले एउटै टिम बनाएर सहमतिका साथ अघि बढ्ने संकेत गरेका हुन् ।
महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज छलफल भएको हो । छलफलपछि उनीहरूले देशभरका कार्यकर्ताको पनि सहमतिका साथ अघि बढ्नु पर्ने चाहना रहेको बताए ।
छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् ।’