logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • नेपाललाई ओलीको जवाफ : प्रधामन्त्रीको प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र ?

    नेपाललाई ओलीको जवाफ : प्रधामन्त्रीको प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र ?

    3.6K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधामनमन्त्री केपी शर्मा ओलीले नेता माधकुमार नेपाललाई प्रधानमन्त्रीमा अफर गरेकाे भन्ने कुरा झुठाे भएकाे स्पष्ट गरेका छन् । बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा उनले आफूले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नराख्ने जिकिर समेत गरे । 

    केही दिन अघि पत्रकारहरुसँगको अन्तक्रियामा नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको र अस्वीकार गरेको बताएका थिए । 

    नेपालकाे उक्त अभिव्यक्तिकाे प्रतिक्रियामा ओलीले भने, ‘शेरबहादुर देउवाको पार्टी ज्वइन गर्न सक्छन् । पछि प्रचण्डको पार्टी एकै हुने हो । माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हो । मलाई बौलाहा कुकुरले टोकेको छ र ? यस्तो मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ? एक ढंगले प्रचण्डको पुछार हुन् ।’  

    ओलीले एमाले नेता माधव नेपाललाई लाज सरम पचेको मान्छे भनेर टिप्पणीसमेत गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend