logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीलाई विश्वप्रकाश शर्माले साेधे : चरम आवेगको यो कस्तो ‘भेरियन्ट’ ?

    प्रधानमन्त्री ओलीलाई विश्वप्रकाश शर्माले साेधे : चरम आवेगको यो कस्तो ‘भेरियन्ट’ ?

    1.9K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । उनले साेमबार सामाजिक सञ्जालमार्फत चरम आवेगको यो कस्तो ‘भेरियन्ट’ हो प्रधानमन्त्री ज्यू ? भनी प्रश्न गरेका हुन् । 

    प्रधानमन्त्री ओलीले सोमबार प्रधानमन्त्री निवासमा आयोजित मदन जयन्ती कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवालगायत विपक्षी गठबन्धनका नेताहरुमाथि आक्रोश पोखेका थिए । उनले काँग्रेसलाई प्रचण्डपथमा लागेको आरोपसमेत लगाएका थिए ।

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले त्यस्तो आरोप लगाएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको जवाफ दिएका छन् । उनले ट्वीटरमार्फत प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै भनेका छन्, ‘प्रचण्डसँग एमालेको एकता ठिक, काँग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक? साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ?’

    प्रधानमन्त्री ओलीले एमालेका विद्रोही नेता माधवकुमार नेपाललाई लाजशरम पचेको व्यक्ति भनेका थिए । यही विषयमा काँग्रेश प्रवक्ता शर्माले ट्वीट गर्दै प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका हुन् । उनले भनेका छन्, ‘सम्माननीय @Pm_Nepal विनम्रसँग शोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट ?’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend