logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • नेपाली कांग्रेसकाे भन्यो : ओली सरकारको काम कारवाहीका कारण राष्ट्रपति संस्थाको गरिमा घट्यो

    नेपाली कांग्रेसकाे भन्यो : ओली सरकारको काम कारवाहीका कारण राष्ट्रपति संस्थाको गरिमा घट्यो

    1.3K
    Shares

    काठमाडाैं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काम कारवाहीका कारण राष्ट्रपति संस्थाको गरिमा घटेको आरोप लगाएको छ ।

    राष्ट्रिय सभाको अधिवेशन आरम्भको बैठकलाई बिहीवार सम्बोधन गर्दै राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले सरकारको कार्यशैलीका कारण राष्ट्रपतिको गरिमा घटेको आरोप लगाएका हुन् । 

    ‘प्रधानमन्त्री ओलीको सरकारको काम कारवाहीका कारण राष्ट्रपतिको गरिमा बढेको छ कि घटेको छ ? राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले गरेर मात्र पुग्ने हो कि गणतन्त्रमा विश्वास राख्ने सबैले गर्ने होइन ? आज स्थिति के छ ?’ अधिकारीले प्रश्न गरे । 

    अधिकारीले प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई जवाफदेही बनाउन चाहेका कारण प्रतिनिधि सभा विघटनको अवस्था सिर्जना भएको समेत आरोप लगाए ।  ‘प्रधानमन्त्रीले संघीय संसद्मा विश्वास गर्नु भएन, फलस्वरूप बहुमतको सरकार ५ सदस्यीय कामचलाउ सरकारमा परिणत भएको छ,’ उनले भने ।

    कोरोना संकटले मुलुक ग्रस्त भएका बेला प्रधानमन्त्रीले दुई पटक संसद विघटन गर्नु औचित्यपूर्ण नभएको उनकाे भनाइ थियाे । उनले भने– ‘एकातिर लकडाउन गर्ने र अर्कोतिर प्रतिनिधिसभाको २ पटक विघटन गर्ने विडम्बनापूर्ण काम भएको छ । प्रधानमन्त्रीले अहिले चुनावको घोषणा गरेपनि परिस्थिति ठीक छैन । सर्वोच्चले  राजनीतिक विषयको मुद्दा हेर्न नहुने सत्ता पक्षको सांसदले भन्नुभयो । हिजो पनि सर्वोच्चले हेरेको थियो र भोलि पनि हेर्नेछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend