logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • प्रतिनिधिसभा विघटन : शुक्रबारको बहस सुरु

    प्रतिनिधिसभा विघटन : शुक्रबारको बहस सुरु

    1.4K
    Shares

    काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा शुक्रबारको बहस सुरु भएको छ । अहिले प्रधानमन्त्री केपी ओलीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस गरिरहेका छन् । 

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा उनले बहस सुरु गरेका हुन्।

    प्रधानमन्त्रीका तर्फबाट कूल २३ जनाले बहस गर्ने कार्यतालिका रहेकामा अब एक घण्टा ३० मिनेटमात्र समय बाँकी छ। त्यसपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन्। सभामुखका कानुन व्यवसायीलाई एक घण्टाको समय तोकिएको छ।

    त्यसपछि अदालतको सहयोगी (एमीकस क्युरी) को बहस हुनेछ। त्यसपछि फैसला हुनेछ। सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ। 

    सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध ३० वटा रिट निवेदन परेका थिए। सबै रिटमाथिको सुनुवाइ प्रधानन्यायधिस चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भइरहेको छ ।  

    संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्नका लागि केपी ओली र शेरबहादुर देउवाको दाबी परेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै दाबी खारेज गर्दै जेठ ७ गते  प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend