काठमाडाैं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सहभागिताका लागि माधव नेपाललाई फोन गरेपनि उनले राम्रो रेस्पोन्स नगरेको गुनासो गरेका छन् ।
शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई बैठकमा ल्याउन आफूले प्रयास गरेपनि उपस्थित नभएको बताए । ओलीले भने,‘मैले माधव कमरेडलाई हिजो साँझ फोन गरेर छलफलमा आउनुस् भनेँ, उहाँले मान्नुभएन, तपाईंको फोन उठाउनै मन थिएन, साथीहरूले कर गरेर मात्र उठाएको हो भन्नुभयो ।’
आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिनपर्ने ओलीकाे अडान छ ।