logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

    लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

    1.6K
    Shares

    काठमाडाैं । लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छिन् । 

    रायमाझीले शुक्रबार बिहान लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजीनामा दिएकी हुन् । उनले बुझाएको राजीनामा पत्रमा शुक्रबारदेखि नै लागू हुने गरी राजीनामा दिएको उल्लेख गरिएको छ । 

    राजीनामा पत्रमा भनिएको छ, ‘जनता समाजवादी पार्टी, नेपाल तपाईंको नेतृत्वमा रहेको सकारलाई समर्थन रहेकाले मैले तपाईंको सरकारमा पार्टीको समर्थन र सहयोगविना यस प्रदेश सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’

    मुख्यमन्त्री पोखरेलविरुद्ध वैशाखमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्ताव दर्ता भएकै दिन मुख्यमन्त्री पोखरेलले जसपाका चार जनालाई मन्त्री नियुक्त गरेका थिए । जसमा रायमाझी राज्यमन्त्री थिइन् । 

    सरकारमा सहभागी चार जनालाई जसपाले सांसद पदबाट हटाएको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत उनीहरूको पद थमौती गरिसकेकाे छ । 

    suman sharma raymajhi_1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend