logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • सर्वोच्चको फैसला आएको भोलिपल्ट एमालेको बैठक, संगठनको काममा केन्द्रीत हुन निर्देशन 

    सर्वोच्चको फैसला आएको भोलिपल्ट एमालेको बैठक, संगठनको काममा केन्द्रीत हुन निर्देशन 

    1.8K
    Shares

    काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठकले संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ । शनिबारको बैठकमा अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको भ्रम बारेमा स्पष्ट पारेका थिए ।

    नेकपा एमाले विरुद्ध मोर्चाबन्दी गरिएको भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गरे । अध्यक्ष ओलीले अर्को बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलीपल्ट काठमाडौमा बस्ने गरि सूचना आउने जानकारी पनि बैठकलाई गराएको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

    उनले भने, “बैठकमा पार्टी अध्यक्षले स्पष्ट रुपमा के भन्नुभएको छ भने, पार्टीको १४ औ बैठक अर्थात् आगामी बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलिपल्ट काठमाण्डौमा बस्ने गरि सुचना आउने छ । ”

    प्रधानमन्त्री ओलीले अहिले विपक्षी मोर्चामा सामेल भएकालाई सर्वोच्च अदालतको फैसला आउनु अघि नै सच्चिएर आउन आग्रह पनि गरेको प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend