काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई फकाउन लागि परेका छन् ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले नेपाल पक्षलाई फकाउन भने छाडेका छैन । आइतबार ओलीले आफु पक्षका नेता सुवास नेम्वाङ, शंकर पोखरेल र विष्णु पौडेललाई नेपाल निवास कोटेश्वर पठाएका हुन् ।
नेपाल पक्षका नेता घनश्याम भुसालसहित नेम्वाङ, पोखरेल र पौडेल नेपाल निवास कोटेश्वर पुगेका हुन् । उनीहरुबीच झण्डै एक घण्टा छलफल भएको छ । छलफलका क्रममा नेम्वाङ, पोखरेल र पौडेलले हस्ताक्षर फिर्ता लिन अनुरोध गरेका स्रोतले बताएको छ । उनीहरुले हस्ताक्षर फिर्ता लिए पार्टी एकता सम्भव भएको ओलीको अडान सुनाएका थिए।
तर नेपालले आफ्नो समूहले ओलीले दिएको निर्देशन अनुसार हस्ताक्षर फिर्ता गर्ने सम्भावना नरहेको अडान दोहोर्यााएका छन् ।
उनले अदातली प्रक्रियामा गइसकेकाले हस्ताक्षर फिर्ता नहुने जवाफ भन्दै आफू पक्षका नेताहरुसँग हस्ताक्षर फिर्ता माग्नु मृत्युपत्रमा हस्ताक्षर गर्नु जस्तै भएको अभिव्यक्ति दिएका छन्।