काठमाडाैं । नेकपा एमालेकी नेतृ तथा राष्ट्रियसभा सदस्य काेमल वलीले विगतका प्रधानमन्त्रीहरुले नेपाली नागरिकहरुलाई जलस्राेतसँग जाेड्न नसकेकाे बताएकी छन् । उनले पूर्वप्रधानमन्त्रीसँग किन जाेड्न सकिएन भनी प्रश्न समेत गरेकी छन् ।
साेमबारकाे राष्ट्रियसभामा बाेल्दै नेतृ ओलीले अहिलेकाे अस्थिरता केपी ओली सरकारकाे तीन वर्षकाे अवधिमा नभएकाे भनी उनले प्रश्न गरिन्, ‘ए पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री तथा पार्टीका वरिष्ठ नेताहरु हाे नेपाली युवालाई कसले खाडी जान बाध्य बनायाे ? के याे तीन वर्षमात्र दाेषी छ ?’
उनले आफ्ना पार्टीकाे नेताकाे अपमान गरी विपक्षी प्रधानमन्त्री बनाउन जानु दलीय मर्यादा नभएकाे पनि जिकीर गरिन् । उनले नेपालका नेताहरुका लागि प्रजातन्त्र अपच भएकाे हाे ? भनी प्रश्नसमेत गरिन् ।
उनले काेभिड संक्रमणकाे बेलामा नेताहरु एक अर्कामा मिलेर काम गर्नुपर्ने बेलामा बाँदर चरित्र देखाएकाे भनी आराेप पनि लगाइन् ।