logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • अदालतको फैसलाको पर्खाइ भएकै बेला एमालेमा सहमतिको नयाँ अध्याय सुरु, ओली–नेपाल भेट गराउने तयारी

    अदालतको फैसलाको पर्खाइ भएकै बेला एमालेमा सहमतिको नयाँ अध्याय सुरु, ओली–नेपाल भेट गराउने तयारी

    1.6K
    Shares

    काठमाडौं । एमालेको कार्यदलले सहमतिको मस्यौदा बनाउने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराएर पार्टी विवाद समाधानको प्रयास सुरु गरेको छ ।

    कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने नेपालको सर्त ओलीले स्वीकार गरेपछि कार्यदलले औपचारिक गृहकार्य थालेको हो । संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सकिएर फैसलाको पर्खाइ भएकै बेला एमालेमा सहमतिको नयाँ अध्याय सुरु भएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ । 

    अध्यक्ष केपी शर्मा ओली र नेपालपक्षीय नेता भीम रावलबीच आइतबार राति बालुवाटारमा वार्ता भएको थियो । सोही वार्तामा ओली कार्यदल ब्युँताउन तयारका थिए । कार्यदल ब्युँताएर र सहमतिको मस्यौदा बनाउन जिम्मा दिन ओली तयार भएलगत्तै सोमबार कार्यदलको बैठक बसेको थियो । बैठकमा सहमतिको मस्यौदा कोर्ने र तुरुन्तै ओली–नेपाल भेटवार्ता गराउने गृहकार्य सुरु भएको सदस्यहरूले बताएका छन् ।

    अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालको निर्देशनअनुसार सहमतिको मस्यौदालाई अन्तिम रूप दिने उद्देश्यले डेढ महिनादेखि निष्क्रिय दश सदस्यीय कार्यदल ब्युँताएर सोमबारबाट सक्रिय बनाइएको छ । यससँगै पार्टी संस्थापनबाट कारबाहीमा परेका उपाध्यक्ष भीमबहादुर रावलले वरिष्ठ नेता नेपाल पक्षबाट सहमतिको मस्यौदालाई अन्तिम रूप दिने कामको नेतृत्व सम्हालेका छन् । रावलको प्रवेशसँगै दुवैतर्फका दोस्रो तहका नेताहरूले अनौपचारिक छलफलबाट तयार पारेको तीनबुँदे सहमतिको मस्यौदालाई अन्तिम रूप दिने गरी छलफल अगाडि बढेको कार्यदलको बैठकमा सहभागी नेताहरूले बताएका छन् । 
    सोमबारको बैठकमा यसबीचमा दोस्रो तहका नेताहरूबीच अनौपचारिक तहमा भएका समझदारीबारे रिपोर्टिङ भएको र मंगलबार टुंग्याउन बाँकी विषयमा समझदारी जुटाउन छलफल केन्द्रित हुने उनीहरूको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend