logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • काेमल वलीले भनिन्, ‘मेराे धारण काेही व्यक्तिप्रति लक्षित छैन’

    काेमल वलीले भनिन्, ‘मेराे धारण काेही व्यक्तिप्रति लक्षित छैन’

    2.5K
    Shares

    काठमाडाैं । ‘बाँदरको जमात र अमृतपानको सपना’ नामक कविता सुनाएका कारण आलोचनाको सिकार बनेकी राष्ट्रियसभा सदस्य काेमल वलीले आफ्नाे भनाइ काेही व्यक्तिप्रति लक्षित नभएकाे बताएकी छन् । 

    सोमबार राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले उक्त कविता वाचन गरेकी थिइन् । एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी वलीले कविताका माध्यमबाट विपक्षीप्रति अभद्र व्यवहार प्रस्तुत गरेको आरोप लगाएकी थिइन् ।

    याे पनि पढ्नुहोस् । 

    दलहरुलाई काेमल वलीकाे प्रश्न : याेभन्दा ‘बाँदर चरित्र’ के हुन्छ ? 

    उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्टीकरण दिएर लेखेकी छन् ‘मेरा कुनै धारणाहरु व्यक्तिप्रति लक्षित छैनन् । मेरो देश समाज र जनताप्रति समर्पित छ । देश र जनताका लागि बोल्दा कसैका कलमहरु कसैलाई निरत्साहित गर्न चल्नुपर्छ भन्ने छैन ।’

    यस्ताे छ उनले सामाजिक सञ्जालमा लेखेकाे स्ट्याटस : 

    देश र जनता भन्दा ठूलो कोहि हुँदैन ! हरेक नेपालीको चाहाना देशको सुरक्षा, सिमानाको रक्षा जनताको सम्मृद्धि हो । दुनियाँमा हामी भन्दा कमजोर  देशहरु आफुलाई प्रगतिको मार्गमा अगाडि बढाएका छन् । शिक्षा स्वास्थ्य र खानपिन र रहनसहनको निम्ति कसैको हात थाप्नु पर्दैन । कुनै पनि राज्यका संरचना संचालन गर्न बिदेशीको ऋण लिनु पर्दैन । तर हामी आज कहाँ छाैँ ? अझै पनि हामी खानका निम्ति हात थाप्नु पर्ने ओषधीको अभावमा मर्नु पर्ने, हाम्रो शिक्षालाई कसैले स्विकार नगर्ने, हाम्रो शिक्षा रोजगारी मुलक पनि नबन्ने यस्तो कहालिलाग्दो अवस्थामा नेताहरुले राष्ट्र र जनतालाई प्राथमिकता नदिनु यो भन्दा बाँदर प्रवृत्ति के हुन्छ ?

    मेरा कुनै धारणाहरु व्यक्ति प्रति लक्षित छैनन् । मेरो देश समाज र जनता प्रति समर्पित छ । देश र जनताकालागि बोल्दा कसैका कलमहरु कसैलाई निरत्साहित गर्न चल्नुपर्छ भन्ने छैन । कसैलाई निरुत्साहित गर्न कसैका व्यक्तिगत कुराहरु उठाएर बहादुरी पनि प्राप्त हुँदैन । प्रतिस्पर्धी बन्न पनि सकिँदैन । यो कुरा एकपटक भैातिक शरिरबाट अन्त हुनेहरुले सोच्नु नै पर्दछ ।

    यस्तो थियाे ओलीकाे कविता : 

    “बाँदरहरुको आफ्नो देश हुदैन बाँदरहरुको निश्चित भेष हुँदैन ।
    छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुँदैन ।

    कहिले मिलेका छन् कहिले फुटेका छन्
    इर्ष्याकाे भट्टीमा आफैलाई भुटेका छन्,
    आँखाभरी लोभ पापको पिपासा बोकेर
    आजकल बेबारिसे बाँदर विनासका मेलामा जुटेका छन् ।

    अलिकति चेतना भएको भए
    हामी र हाम्रो भन्न सक्थे
    हालेको जग बचाएको भए
    सुन्दर घरबास बन्न सक्थे ।
    आखिर बाँदर न हुन् ,
    भोलीको प्रतिक्षा कहाँ गर्छन् ?

    आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको ।
    बाँदरहरु खेती गर्देनन्, बाली बिनास गर्छन् ।
    कहिले ढेडुहरुसंग मिल्छन् कहिले गोईलानहरुसँग मिल्छन् ।
    कर्मको कुटो नलगाउने यी बाँदरहरु
    अमृतपान गर्ने सपना देख्छन् ।

    बाँदरहरुको आफ्नो देश हुँदैन बाँदरहरुको निश्चित भेष हुँदैन ।
    छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुँदैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend