काठमाडौं । नेकपा (माओवादी केन्द्र) अवैधानिक भएको भन्दै एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरु निर्वाचन आयोगमा उजुरी दिएका छन् । माओवादी केन्द्र आयोगमा दर्ता नभएको र त्यसले गरेका कारबाही वैधानिक नहुने भन्दै पूर्वमाओवादी नेताहरुले बुधबार उजुरी दिएका हुन् ।
उनीहरुले माओवादी केन्द्र खारेजीकाे मागसमेत गरेका छन् । लीलाबहादुर थापाको नेतृत्वमा दिनेश पन्थी, गिरिधारिलाल न्यौपानेलगायत उजुरी लिएर निर्वाचन आयोग पुगेका थिए ।
सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका नेताले केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले प्रवेश गरेका थिए ।