काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)भित्र देखिएको विवादकाे समाधानका लागि निर्वाचन आयोगद्वारा इजलास गठन गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच जना आयुक्त रहने गरी आज इजलास गठन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । साउन ३ गते बिहान ११ बजे जसपा विवाद निरूपणबारे इजलास बैठक राखिएको छ । त्यसका लागि जसपाका दुबै पक्ष अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ ।
मंगलबार जसपाका अध्यक्षद्वय ठाकुर र यादव पक्षसँग छलफल गरेको थियो । उक्त छलफलमा आफूहरूलाई अलग गरिदिन उनीहरूले आयोगलाई भनेका थिए ।