काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार ओली र नेपाल सात बजे होटल मेरियटमा पुगेका थिए ।
पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।
बुधबार बसेकाे कार्यदलको बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । उक्त निर्णयपछि ओली र नेपालबीच भेटवार्ता भएकाे हाे ।