logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मार्फत सभापति वा उपसभापति मध्य एक महिला अनिवार्य हुने व्यवस्था गर्नुपर्छ – डा डिला संग्रौला

    नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मार्फत सभापति वा उपसभापति मध्य एक महिला अनिवार्य हुने व्यवस्था गर्नुपर्छ – डा डिला संग्रौला

    3.7K
    Shares

    काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला संग्रौलाको विशेष अग्रसरता र संयोजकत्वमा ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन: नीति र नेतृत्वमा महिला’ अन्तर्गतको अन्तरसम्बाद कार्यक्रम बुधवार गण्डकी र बागमती  प्रदेशमा सम्पन्न भएको छ।  

    कार्यक्रममा प्रमुख बक्ताको रुपमा नेपाली कांग्रेसका पुर्वउप प्रधानमन्त्री  तथा पूर्वमहामन्त्री नेपाली कांग्रेस प्रकाशमान सिंह विशेष वक्ताको रुपमा पुर्व मन्त्री तथा नेपाली कांग्रेसका  केन्द्रिय सदस्य एन पी साउद त्यस्तै केन्द्रिय सदस्य नेपाली कांग्रेस  रत्ना शेरचन बाग्मती र गण्डकी  प्रदेश सभा सदस्यहरु त्यसैगरी प्रदेशका सबै जिल्ला सभापतिहरु महिला संघका नेताहरु सहित  तीन सय भन्दा बढी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको  थियो।  

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा डिला सङ्ग्रौलाले  संविधानले व्याख्या गरेको अधिकारलाई पार्टीले लागू गर्नुपर्ने बताइन । “स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेजस्तै काँग्रेसभित्र पनि सभापति वा उपसभापति एक महिला हुनुपर्ने व्यवस्था गर्नुपर्छ,”– उनले भनिन्  ।  राज्यको हरेक निकाय र पार्टीको हरेक संरचनामा एक तिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि उक्त अधिकारको पालना नभएको बताईन ।

    संग्रौलाले  संविधानले राज्यको हरेक निकाय र पार्टीको हरेक संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि उक्त अधिकारको पालना नभएको  भन्दै त्यसको शुरुवात अब महाधिबेशन मार्फत हुनुपर्ने समेत उनको जिकिर छ ।  

    कार्यक्रममा प्रमुख बक्ता नेता  प्रकाशमान सिंहले आफू काठमाडौँको सभापति हुँदा पार्टीको जिल्ला सचिवदेखि तरुण दलको अध्यक्षसम्म महिलालाई बनाएको स्मरण गर्दै । नीति निर्माण गर्ने थलोमा महिला सहभागीता बलियो बनाउनुपर्ने  भन्दै  सिंहले आगामी महाधिवेशनमा पार्टीको सबै तहमा महिलाको उल्लेख्य सहभागीता बनाउनुपर्नेमा जोड दिए ।

    काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले नेपालमा महिला आन्दोलनका कारण अहिले राज्यका विभिन्न अङ्ग र पार्टीमा महिलालाई ३३ प्रतिशत उपस्थितीको व्यवस्था गरिएको बताए । “महिलालाई जति शशक्तिकरण बनाउन सक्यो, त्यति नै देशको विकासमा सहयोग पुग्छ,”  काँग्रेसको आगामी महाधिवेशनबाट पार्टीमा दुईतिहाईभन्दा धेरै महिलाको उपस्थिती हुने विश्वास व्यक्त गरे  ।

    काँग्रेस केन्द्रीय सदस्य रत्ना शेरचनले पार्टीको पदाधिकारीमा महिला प्रतिनिधित्व बढाउनुपर्ने बताईन  । प्रदेश सांसद राधा घलेले काँग्रेसको नेतृत्वमा महिलाको उपस्थिती गराउनका लागि महिलाहरु एकजुट भएर लाग्नुपर्ने उल्लेख  गरिन् ।

    कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा  प्रशिक्षण प्रतिष्ठानका सदस्य नानु बास्तोलाले गरेका थिए   । कार्यक्रमको नेपाली काग्रेसका जिल्ला सदस्य तथा विधार्थी शाखा प्रमुख राजु मास्केले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend