logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • कांग्रेसले प्रश्न : बीपी प्रतिष्ठानको समस्यामा प्रधानमन्त्री किन मौन ?

    कांग्रेसले प्रश्न : बीपी प्रतिष्ठानको समस्यामा प्रधानमन्त्री किन मौन ?

    3.6K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या तत्काल समाधान गर्न कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओली समक्ष माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी बीपी प्रतिष्ठानको समस्याप्रति चिन्ता व्यक्त गर्दै समस्या समाधान गर्न माग गरेका छन् ।

    प्रतिष्ठानका चार जना पदाधिकारीको राजीनामा, भ्रष्ट्राचारको छानविन गरी दोषीमाथि कारवाहीको माग राखेर २५ दिनदेखि प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुले आन्दोलन जारी राखेपछि प्रतिष्ठानको स्वास्थ्य सेवा र प्रशासनिक कामकाज प्रभावित बनेको छ । ‘प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्रीले प्रतिष्ठानको समस्याप्रति आफ्नो गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष वा भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको गैर जिम्मेवारी हो,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    कोभिड महामारी चलिरहेको बेला प्रतिष्ठानमा लामो समय द्वन्द्ध कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक, समेतलाई गंभिर असर पुगिरहेको छ भन्ने हेक्का नहुनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिष्ठानमा अनेकन बेथितिर अराजकता रहेको विवरण पटक–पटक सार्वजनिक हुँदासमेत ठाकछोप गर्नुभन्दा आवश्यक उपचार गर्न जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानका चिकित्सक कर्मचारीसँग सार्थक संवादमार्फत जायज मागलाई अविलम्ब सम्बोधन गर्न र प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न प्रधानमन्त्रीसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ’, प्रवक्ता शर्माद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।

    आन्दोलनरत चिकित्सक र कर्मचारीले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गोरीशंकर साह ग्रैह जिम्मेवार भएको, पदीय दायित्व पूरा नगरेको, आर्थिक अनियमितताका घटनामा पटक पटक सामेल भएको भन्दै चारैजनाले राजीनामा दिनुपर्ने माग अगाडि सारेका छन् । आन्दोलनकारीले हालका पदाधिकारीसँग कुनै हालतमा वार्तामा नबस्ने र मन्त्रीस्तरीय वार्ता समिति गठन गर्न माग गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend