काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको बहुमतको प्रधानमन्त्रीले आफ्नो बहुमत हुँदा-हुँदै पटक पटक संसद विघटन गर्ने र देशलाई दुर्घटनामा धकेल्ने नेपालको इतिहासमा पहिलो पटक भएको दावी गरेका छन् ।
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको पक्षमा नेकपा माओवादी केन्द्रको संसदीय दलको समर्थन रहेको बताउँदै अध्यक्ष प्रचण्डले सरकार विघटनको तीता मीठा इतिहास रहेपनि अहिलेको जस्तो स्थिति पहिलो पटक आएको बताएका हुन् ।
अदालतको पुन स्थापना गरेर सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको प्रचण्डले बताए । संसदलाई अकालमा मृत्यु हुनेबाट बचाउँदा एमालेलाई निर्दलीय हुने भन्दै चिन्ता व्यक्त गर्नु गोहीको आँशु झार्नु जस्तै भएको उनले बताए ।
यस अघि संसदमा बोल्दै एमाले नेता प्रदीप ज्ञवालीले संविधानको ७६ ५ को अपब्याख्या, जसको ३२ वर्ष अगाडि समाप्त पारेको निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने व्यवस्था गरेको बताएका थिए ।