काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादीसहित जनता समाजवादी पार्टीको दुवै पक्षले मत दिएपछि उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।
देउवाले १६५ मत प्राप्त गर्न सफल भए । विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।
नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।
२ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक रहेको थियो ।
सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।