logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • पार्टी बैठक बालुवाटारमा नराख्न गरिएको अनुरोधमा प्रधानमन्त्रीले भने ‘अब देखि त्यस्तो हुने छैन र गरिन्न’

    पार्टी बैठक बालुवाटारमा नराख्न गरिएको अनुरोधमा प्रधानमन्त्रीले भने ‘अब देखि त्यस्तो हुने छैन र गरिन्न’

    1.8K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अब बालुवाटारमा पार्टीको बैठक नराख्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त हुनसाथ विगतका सरकारले झै सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राखेको भन्दै आचोलना भएको थियो ।  

    सोही आलोचनालाई पार्टीको नेतृत्व तहले ध्यान दिँदै बैठक पार्टी कार्यलयमा नै राख्न सुझाव दिएका छन् । कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई बालुवाटारमा बैठक नराख्न अनुरोध गरिएको बताए ।

    जवाफमा प्रधानमन्त्री देउवाले ‘अब देखि त्यस्तै नहुने’ विश्वास व्यक्त गरेको उल्लेख गरेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौँ। उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनु भएको छ। प्रधानमन्त्री ज्यू, यो विश्वासलाई कायम राखिदिनु होला।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend