काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
आज बिहान ११ बजे च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमाबैठक बस्न लागेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने आजको बैठकमा नजाने भएको छ। नेपाल समूहले तत्काललाई पार्टीका बैठकहरू रोकेर सहमतिका आधारमा मिति तोक्ने प्रस्ताव गरिरहेको छ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा नेकपा एमालेको संसदीय दलमा सांसदहरू विभाजित भएका थिए।