logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • ओली सरकारले गरेका ११ देशका राजदूत नियुक्ति देउवा सरकारले गर्‍यो खारेज 

    ओली सरकारले गरेका ११ देशका राजदूत नियुक्ति देउवा सरकारले गर्‍यो खारेज 

    2.1K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको क्याबिनेटले केपी ओली सरकारले राजदूतका लागि सिफारिस गरेको निर्णय खारेज गरेको छ । 

    सोमबार सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जेठ १ गते ओली सरकाले गरेको ११ देशका लागि राजदूत सिफारिस खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले ११ राजदूतको नियुक्ति खारेज गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । 

    यसअघि ओली सरकारले रुसका लागि डा.जंगबहादुर चौहान, बहराइनका लागि युवराज कार्की, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, अस्ट्रेलियाका लागि सुम्निमा तुलाधर (प्रधान), म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी भण्डारी, साउदी अरबका लागि मेराज मुसलमान, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ र अस्ट्रेलियाका संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि निर्मलराज काफ्ले नियुक्त गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend