काठमाडौं । नेकपा (एमाले) नेता एवं पूर्वमन्त्री गोकुल बाँसकोटाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी निकाला गर्नुपर्ने बताएका छन् ।
अब माधव नेपाललाई सँगै हिँडाउन नसक्ने भन्दै बाँसकोटाले नेपाललाई पार्टी निकाला गर्नुपर्नेमा जोड दिएका हुन् । उनले ट्वीट गर्दै माधव नेपालले जित्दा एमाले हार्ने तर एमालेले जित्दा नेपाल एक्लैले हार्ने भएकाले उनलाई एक्लो पार्नुपर्ने बताए ।
‘अब एमाले र माधब नेपाललाई न त संगै हिडाउन सकिन्छ न त जिताउन नै।माधब जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधब मात्र हार्छन्’, उनले भने, ‘तसर्थ देशभरका एमालेजनले बिना अलमल ब्यक्ति वा पार्टी मध्ये एक रोज्न पर्छ।अर्को विकल्प छैन। शुभरात्री ।’
प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेदेखि उनलाई संसद्मा विश्वासको मत दिनसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेपछि बाँसकोटाको यो प्रतिक्रिया आएको हो ।